मतदान गर्न शव बोकेरै केन्द्रमा पुगे मलामी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । पाल्पामा शव बोकेरै मलामीहरु मतदान गर्न पुगेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामीहरु मतदान गर्न पुगेका हुन् ।

हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान निधन भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेका हुन् । मृतकका छोरा युद्धराज गैरेलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *