अपडेट : साढे ३ बजेसम्ममा ५० प्रतिशत मतदान, शान्तिपूर्ण वातावरणमा मतदान जारी

  • 182
  • 1
  •  
  •  
  •  
    183
    Shares

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले बिहीबार ४५ जिल्लामा भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको  अपरान्ह साढे ३ बजेसम्म ५०  प्रतिशत मतदान भएको जनाएको छ ।

दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बिहान ७ बजेबाट मतदान सुरु भएको र अपरान्ह साढे ३ बजेसम्म ५०  प्रतिशत मतदान भएको आयोगको भनाइ छ । मतदान कार्य साँझ ५ बजेसम्मका लागि समय निर्धारण गरिएको भएपनि ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकालाई भने मतदान गर्न दिइने आयोगले जानकारी दिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा म्यादी प्रहरीको कडा सुरक्षाकाबीच शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । ७ हजार ७ सय ५२ मतदानस्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट बिहीबार एक करोड २२ लाख ३५ हजार मतदाताले मताधिकार प्रयोग गरी आफ्नो प्रतिनिधि चयन गर्दैछन्

प्रतिनिधिसभा सदस्यका लागि १२८ सिट र प्रदेशसभा सदस्यका लागि २५६ सिटका लागि मतदान भइरहेको हो ।

अहिले निर्वाचन भइरहेका ४५ जिल्लाहरुः

प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया
प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *