सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, ४ राउन्ड हवाइ फायर

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । सर्लाहीमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झडप करौना गाउँपालिका २ मा झडप भएको हो ।

मतदाता सूचीमा नामै नभएका व्यक्तिहरुलाई मतदान गराउन राजपाका कार्यकर्ता लागेको भन्दै काँग्रेसले विरोध जनाएपछि झडप भएको बताइएको छ ।

प्रहरीले स्थिती नियन्त्रणमा लिन ४ राउन्ड हवाइ फायर गरेको छ। झडपमा ४० वर्षीया रामरथीदेवी यादव भागदौडको क्रममा सामान्य घाइते भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *