काठमाडौं उपत्यकामा आज प्रहरीको निःशुल्क यातायात सेवा (रुटसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन भइरहेका ४५ जिल्लामा बिहीबार सार्वजनिक यातायात सेवा सञ्चालनमा रोक लगाइएको छ ।

बुधबार मध्यराति १२ बजेबाट बिहीबार साँझ ७ बजेसम्मका लागि सार्वजनिक, निजी सवारी साधन संचालनमा रोक लगाइएको हो । तर, एम्बुलेन्सलगायत अत्यावश्यक र पास लिएका सवारी साधनलाई भने चल्न दिएको छ ।

सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारण नागरिकसहित नेपाल घुम्न आएको विदेशी पर्यटक मर्कामा परेका छन् । यसैलाई मध्यनजर गर्दै पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपले यातायात सेवा प्रदान गरेको छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट काठमाडौं, ललितपुर भक्तपुरलाई समेट्ने गरी सटल बस सञ्चालन गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

पर्यटन बोर्डसँगको समन्वयमा विभिन्न रुटमा सटल बस सञ्चालन गरिएको पर्यटक प्रहरी ईकाइ भृकुटीमण्डपका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिएकी छन् ।

उनकाअनुसार बा१य ७७७ नम्बरको बस एयरपोर्टबाट गौशाला, सिफल, कालोपुल, भगवतीबहाल, दरबारमार्ग, न्युरोड, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल, लैनचौर, होटल शंकर, हात्तीसार, कमलपोखरी, रातोपुल, गौशाला हुँदै पुनः एयरपोर्ट पुग्नेछ ।

त्यस्तै बा१य ७७६ नम्बरको पर्यटक बस एयरपोर्टबाट सिफल, कालोपुल, भगवतीबहाल, दरबारमार्ग, होटल र्‍याडिसन, होटल सांग्रिला, महाराजगंज, होटल ह्यात, चावहिल, होटल द्वारिका हुँदै पुनः एयरपोर्टसम्म चलिरहेको छ ।

यसैगरी बा१य १२ ४१ नम्बरको बस एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वर, होटल एभरेष्ट, माईतीघर, थापाथली, होटल हिमालय, सेन्ट जेभियर्स स्कुल, जावलाखेल पुगेर पुनः सोही रुट हुँदै त्रिपुरेश्वर, टेकु, कालीमाटी, होटल सोल्टीसम्म जानेछ र कालीमाटी, त्रिपुरेश्वर, माईतीघर, नयाँबानेश्वर, तिनकुने हुँदै एयरपोर्टसम्म पुग्नेछ ।

यात्रुको सुविधाका लागि उपत्यकामा बा १ प ११ ९३ नम्बरको माइक्रो बस पनि चलिरहेको महाशाखाले जनाएको छ । यातायात सेवा लिनका लागि पर्यटक प्रहरीको हटलाईन नम्बर ११४४ र ०१–४२४७०४१ मा फोन गर्न सकिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *