निर्वाचनले पखालिदियो अक्षमताको दाग, देउवा इतिहासका एक सफल प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,२१ मंसीर । संविधान कार्यान्वयनको प्रमुख मानिएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

गएको वैशाख ३१ गते तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन गरेको थियो । तर, दोस्रो र तेस्रो चरणको स्थानीय तह र प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले शान्तिपूर्ण रुपमा बिहीबार सम्पन्न गरेको गर्‍यो ।

शान्तिपूर्ण रुपमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको प्रधानमन्त्री देउवाले १३ वर्षअघि आफूमाथि लागेको ‘असक्षम’को बिल्लालाई गलत सावित गरेका छन् । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले स्थानीय निकायको निर्वाचन गराउन नसकेको भन्दै देउवालाई ‘अक्षम प्रधानमन्त्री’को रुपमा ब्याख्या गरेर बर्खास्त गरेका थिए । तर, यो दागलाई गएको असार १४ गते र असोज २ गते स्थानीय तहको र मंसिर १० र २१ (आज) प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेर देउवाले राजाले जर्बरजस्त लगाएको दाग मेटाउन सफल भएका छन् । तीन तहको निर्वाचन सफल रुपमा गराएर देउवाले संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यमा महत्वपूर्ण उपलब्धि हात पारेका छन् । उनी सफल प्रधानमन्त्रीको रुपमा आफूलाई दर्ज गर्न सफल भएका छन् ।

चौथो पटक मुलुकको बागडोर समालेका प्रधानमन्त्री देउवाले सफल रुपमा निर्वाचन सम्पन्न गराउनेमा विपक्षीको आशंका रहेको थियो । तर, विपक्षी दलको निर्वाचन नगराउने आरोपलाई चिर्दै शान्तिपूर्ण वातावरणमा उत्साहजन ढंगले निर्वाचन सम्पन्न गरे ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमले उत्पन्न गराएका विविध आशंका र चुनाव अघि भएका विस्फोट र उम्मेदवार लक्षित आक्रमणले निर्वाचन सर्ने हो या चुनाव रक्तपातपूर्ण हुने हो आंशका उब्जिएको थियो । तर, बिहीबार शान्तिपूर्ण वातावरणमा सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले सरकारको सुदृढ सुरक्षा व्यवस्था रहेको देखियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *