३५ वर्षमुनिका विश्व अर्बपति

  •  
  •  
  •  
  •  
  •  

विश्वमा नगन्य भाग्यमानी हुन्छन्, जो सानै उमेरमा सफलताको सिँढी चढ्न सक्छन् र अथाह सम्पत्ति आर्जन गर्छन् । कसैले पैतृक सम्पत्तिको सहारामा सफलताको पाइला चाल्न सकेका हुन्छन् त कोहीले केवल आफ्नै बलबुतामा । युवा उमेरमै अर्बौं डलर सम्पत्तिको मालिक बनेका विश्वका सीमित व्यक्तिमध्ये नौ अनुहार यस्ता छन् :


मार्क जुकरबर्ग
इन्टरनेटउद्यमी मार्क एलिअट जुकरबर्ग फेसबुकका सह–संस्थापक हुन् । हाल उनी फेसबुकका अध्यक्ष तथा सिइओको जिम्मेवारीमा छन् । विश्वभरका करोडौँ प्रयोगकर्ताले प्रयोग गर्ने फेसबुकका मालिक मार्क युवा उमेरमै अर्बपति भएका उद्यमी हुन् । मार्क यस्तो उमेरमै अर्बपति भए, जुन उमेरमा उनका समकालीन फुर्मासी विद्यार्थी जीवन बिताउँदै गरेका थिए । २३ वर्षको उमेरमै उनी अर्बपति भएका थिए । १९८४ मा अमेरिकामा जन्मिएका मार्क अहिले ३३ वर्षका भए । सन् २०१३ मा १६.८ अर्ब डलर रहेको उनको सम्पत्ति हाल ७४.२ अर्ब डलर पुगेको छ । उनको यो सम्पत्तिमा पैतृक सम्पत्तिको कुनै हिस्सा छैन । आफ्नै श्रम र क्षमताको कमाइ हो । मार्कको सम्पत्ति दैनिक दू्रत गतिमा बढिरहेकै छ । २०१३ मै टाइम म्यागजिनले उनको नाम विश्वकै धनी १०० जनाको सूचीमा समेटेको थियो ।

डस्टिन मस्कोभिज
डस्टिन मस्कोभिज पनि फेसबुककै एकजना सह–संस्थापक हुन् । सन् २००८ मा उनले जस्टिन रोसेन्सनसँग मिलेर आस्ना कम्पनी सुरु गरेका थिए । आस्ना सफ्टवेयर बनाउने कम्पनी हो । त्यतिखेर डस्टिन आस्नाको सह–संस्थापक थिए । पछि उनले फेसबुकतिर लगानी सारे, मार्कसँग मिलेर । फेसबुकमा उनको ७.७ प्रतिशत सेयर छ । उनी हावर्ड विश्वविद्यालयमा अर्थशास्त्र विषय पढेका व्यक्ति हुन् । ३३ वर्षे युवाउद्यमी डस्टिनको कुल सम्पत्ति हाल १३. ८ अर्ब डलर छ । उनको सम्पत्तिमा पनि पैतृक हिस्सा जोडिएको छैन ।

लुकस वाल्टन
लुकस वाल्टन अहिले ३१ वर्षका भए, तर उनको नाम अर्बपतिको सूचीमा छ । हाल उनको कुल सम्पत्ति १२.९ अर्ब डलर छ । अमेरिकी युवा उद्यमी लुकसको सफलतामा भने उनको पैतृक सम्पत्ति र ‘ब्रान्ड’ले पनि काम गरेको छ । उनका बाबु जोन वाल्टन, वालमार्टको संस्थापक साम वाल्टनका छोरा थिए । वालमार्ट अमेरिकाको मल्टिनेसनल रिटेल व्यापारिक संस्था हो । सन् २००५ मा बाबु जोनको मृत्यु भएपछि वालमार्टको स्वामित्व पैतृक सम्पत्तिको अंशका रूपमा लुक्सले प्राप्त गरे र बाबुबाजेले स्थिापित गरेको व्यवसायलाई निरन्तरता दिए ।

एडुअर्दो सेभरिन
एडुअर्दो लुइज सेभरिन ब्राजिलका इन्टरनेट उद्यमी नै हुन् । उनको पनि फेसबुकमा लगानी छ । फेसबुकका एक सह–संस्थापक एडुअर्दोको फेसबुकमा पाँच प्रतिशत स्वामित्व छ । सुरुमा उनको पनि क्विकी र जुमिओ कम्पनीमा लगानी थियो । १०.३ अर्ब डलर सम्पत्तिका मालिक एडुअर्दो ३४ वर्षका भए ।

स्कट डनकन
स्कट ३४ वर्षका भए, तर उनको कुल सम्पत्ति ४.१ अर्ब डलर छ । डन डनकन र एलिस डनकनका एक्ला छोरा हुनु नै उनी सजिलै अर्बपति हुने कारण बनेको हो । उनका बाबुले इनर्जी पाइपलाइन कम्पनी चलाएका थिए । बाबुको निधनपछि पैतृक सम्पत्ति स्कटले प्राप्त गरे । स्कटको विभिन्न उद्योगमा लगानी छ । खास त उनी ठूलो अचल सम्पत्तिका मालिक हुन् ।

याङ हुइयान
चिनियाँ नागरिक याङको कुल सम्पत्ति ११.२ अर्ब डलर छ । यो गत मार्चको तथ्यांक हो । ३५ वर्षकी याङ ‘कन्ट्री गार्डेन होल्डिङ्स’की लगानीकर्ता हुन् । यो रियल स्टेट डेभलपमेन्ट कम्पनीका रूपमा विश्वमै चर्चित छ । उनका बाबु याङ गुचिआङले यो कम्पनी स्थापना गरेका थिए । सन् २००७ मा बाबुले कम्पनीको ७० प्रतिशत स्वामित्व छोरीको नाममा सारिदिएका हुन् ।

बोबी मर्फी
अमेरिकाका बोबी मर्फी २८ वर्षका युवा उद्यमी हुन् । अमेरिकी उद्यमि बोबीको कुल सम्पत्ति चार अर्ब डलर छ । उनी सामाजिक सञ्चार कम्पनी स्नाप आइएनसीका सह–संस्थापक तथा प्रमुख प्राविधिक अफिसर हुन् । स्नापच्याट आम प्रयोगकर्तामाझ चर्चित भएपछि बोबी अर्बपति बन्न सफल भए ।

एभन स्पाइगेल
२७ वर्षको उमेरमै १० अर्ब डलरका मालिक भएका उद्यमी हुन्, एभन स्पाइगेल । उनी स्नाप आइएनसी कम्पनीका सह–संस्थापक तथा सिइओ एभन स्नाप च्याट आमप्रयोगकर्तामाझ चर्चित भएपछि अर्बपति बनेका हुन् ।

थोमस पर्सन
सन् २०१६ मा फोब्र्सले थोमसको कुल सम्पत्ति २.४ अर्ब डलर मूल्यांकन गरेको थियो । अहिले बढेर २.९ अर्ब डलर पुगेको छ । स्विडेनका ३२ वर्षीय थोमस युरोपमा फिल्मी उद्योगमा पनि संलग्न छन् । हाल लन्डनमै बस्ने उनले फेसन व्यवसायबाट राम्रो सफलता हात पारिरहेका छन् । थोमसको एच एन्ड एम (हेनेस एन्ड मौरिज) फेसन स्टोर ६१ देशमा खोलिएका छन् । उनी फास्ट फेसन कम्पनीका उत्तराधिकारी हुन्, जहाँ एक लाख ३२ हजार व्यक्तिले रोजगारी पाएका छन् । नयाँ पत्रिकाबाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *