ओली–प्रचण्ड भेटवार्ता, होला त पार्टी एकीकरण ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १२ पुस । राजनीतिक गतिरोध अन्त्य प्रयासका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा भएको दुई शीर्षनेताबीच राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशकाबारेमा छलफल भएको छ ।

पार्टी एकीकरण पश्चात गरिने शक्ति बाँडफाँटको विषयले ओली–प्रचण्डबीच दरार आएको चर्चा चलिरहेका बेला भएको सो भेटवार्तामा उनीहरुबीच राष्ट्रपति कार्यालयमा पेस गरिएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशका विषयमा छलफल भएको हो ।

देउवा सरकारले दुई महिना अघि पेश गरिएको एकल संक्रमणीय मतप्रणालीका आधारमा राष्ट्रिय सभा गठन गर्ने प्रावधानको विरोध गर्दै एमालेले बहुमतीय प्रणाली हुनु पर्ने बताउँदै आएको छ । तर, माओवादी केन्द्र भने यसमा विषयमा तटस्थ देखिएको छ ।

यसबीच बुधबार दिउँसो भएको ओली–प्रचण्ड भेटवार्तामा अध्यादेश जारी गरेर नयाँ सरकारको गठन गर्ने सम्बन्धमा छलफल भएको हो ।अध्यादेशको विवाद हल गरेर देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा ओली–प्रचण्ड सहमत देखिएका छन् ।

दुई शीर्ष नेतृत्वबीच नयाँ सरकार निर्माणका लागि देउवा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने, राष्ट्रियसभामा गठनका लागि निर्वाचन आयोगलाई तत्काल समानुपातिक सूची सार्वजनिक गर्न आग्रह गरिने र पार्टी समायोजन समितिको बैठक बोलाउन ओली –प्रचण्ड सहमत भएको छ ।

सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने ओली–प्रचण्डबीच सहमति भएको भनिएपनि यसविषयमा दुई पार्टीका शीर्षनेताहरुले केही बताएका छैनन। माओवादी केन्द्रका दोस्रो पुस्ताका नेताहरुले भने सरकारको नेतृत्व ओलीले गर्ने र पार्टीको नेतृत्व प्रचण्डले गर्ने बताएपनि एमालेका दोस्रो पुस्ताका नेताहरुले भने सरकार र पार्टी दुवैको नेतृत्व ओलीले नै गर्ने बताउँदै आएका छन् । जस कारण माओवादी केन्द्रका नेताहरुमा संशय पैदा गरेको छ । राजनीतिक गतिरोध लम्बिएका बेला पाँच दिन चितवन बसेर आएका प्रचण्ड ओलीलाई भेट्न बुधबार बालकोट पुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *