कांग्रेस र एमालेलाई मिलाएर अघि बढ्छु– प्रचण्ड (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरुबीच सहमतिको वातावरण बनाएर अघि बढ्ने जानकारी दिएका छन् ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइतबार बिहान खुमलटारमा टोल सुधार समितिको कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस, एमालेसहित सबै राजनीतिक दलबीच मुलुकको समृद्धिका लागि राजनीतिक सहमति गरेर अघि बढ्नु पर्ने आवश्यकता औँल्याए । यसका लागि आफू क्रियाशील रहेको उनको भनाइ छ ।

राजनीतिक स्थीरता र स्थायित्व अहिलको आवश्यकता रहेकोमा जोड दिएका उनले मुलुकको विकास, समृद्धि र सुशासन अबको राजनीतिक एजेण्डा रहेको जानकारी दिए ।

राष्ट्रिय एकता कायम गरेर अघि बढ्ने गरी आफूले पहल थालेको जानकारी दिएका अध्यक्ष प्रचण्डले अन्यथा मुलुकको भविष्य अप्ठारोमा पर्न सक्ने चेतावनी दिए । बहुमत पाएका र नपाएका दलहरुबीच राष्ट्रिय एजेण्डामा एक मत भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments