प्रेमीलाई माया दिन नसकेको कथामा देखिइन् नायिका रिमा विश्वकर्मा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, १६ पुस । नायिका रिमा विश्वकर्मा पछिल्लो समय चलचित्रसँगसँगै अभिनयमा पनि ब्यस्त छिन् । नेपाल आइडलमा होस्टका रुपमा काम गरेर समेत चर्चामा रहेकी यि सुन्दरीले अभिनय गरेको नयाँ गीत ‘सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन्’ ।

जिन्दगीमा आउनेहरु किन त्यसै तर्सिदिन्छन्  सार्वजनिक भएसँगै उनको चर्चा फेरी एक पटक सुरु भएको हो । जुन गीत कुनै समयको अत्यधिक चर्चित हो । जसलाई पुनः नयाँ साजसज्जाका साथ बजारमा ल्याइएको हो ।

नागेन्द्र श्रेष्ठको स्वर,अरुण तिवारीको शब्द रचना,टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको यस गीतमा रीमा बिश्वकर्मा र रन्जन रिजालको अभिनय रहेको छ। अमृत सुनुवारको निर्देशन रहेको गीतलाई माधव बेलबासेले गरेका हुन् । गीतले मुख्य रुपमा जीन्दगीमा माया नपाएको एउटा पुरुषको कथालाई नजिकबाट केलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner