ब्लकबस्टर फिल्म ‘टाइगर जिन्दा है’का आठ गल्ती

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १६ पुस । हालै रिलिज भएको सलमान खान र कटरिना कैफ स्टटार फिल्म ‘टाइगर जिन्दा है’ ३०० करोड क्लबको बाटोमा अघि बढेको छ । फिल्मले रेकर्ड तोड कमाई गरेको छ ।

सलमानको यो फिल्म रिलिज भएपछि कमाईका कारण चर्चा समेत भइरहेको छ । योसँगै फिल्ममा भएका आठ गल्ती समेत भाइरल भइरहेका छन् । यो ब्लकबस्टर फिल्ममा केही ठूला मिस्टेक भएका छन् ।

यो फिल्ममा सलमानका मात्रै होइनन् कटरिनाका समेत गल्ती छन् । यो फिल्म सलमानको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने बाटोमा छ । यसका साथै कटरिनाको डुब्न लागेको करियरलाई समेत बरदान सावित भएको छ ।

हेर्नुहोस् आठ गल्ती

पहिलो मिस्टेक

यो फिल्मको पहिलो मिस्टेक सलमान र कटरिना दुवै लन्चर चलाउछन् । जसमा दुवैले सहजरुपमा निशाना लगाउछन् । जबकी लन्चर चलाउँदा मानिस हल्लिन्छ ।

दोस्रो मिस्टेक

एक सिनमा सलमान आफ्ना साथीसँग एक ढोकाको अघि उभिएर गोलाबारी गरिरहेका हुन्छन् । त्यही समयमा उनीहरुको सामुन्नेबाट पनि गोली चल्छ । सामुन्नेबाट आएको गोलीबा सजिलै बचेर सलमान र उनका साथी ढोका क्रस गर्छन ।

तेस्रो गल्ती

फिल्मको गीत ‘दिल दिया गल्ला’ को एक सिनमा सलमानले र कटरिनालाई एक डेटमा लान्छन् । जहाँ दुई कुर्सी नजिकै देखिन्छन् । जब उनीहरु टेबल नजिक पुग्छन्, कुर्सी टाढा देखिन्छ । सलमानले कटरिनका लागि कुर्सी उठाएर लगिदिन्छन् ।

चौथो मिस्टेक

एक सिनमा सलमान गाडी उडाएर दुश्मनको गाडी पार गर्ने कोशिस गर्छन् । जसमा तलबसेका मासिनहरुले गोली हान्छन् । जब सलमानको गाडी दुश्मनको गाडी माथि आइपुग्दा तलका मान्छे गायव हुन्छन् । अनि गाडीलाई पनि गोली लाग्दैन ।

पाँचौ गल्ती

एक सिनमा सलानको गाडी देखि देव्रे साइडबाट गोली चलेको देखिन्छ । तर मानिस दाहिने तिर उभिएका हुन्छन् र सलमान कसैलाई शुट गरिरहेका हुन्छन् ।

छैटौं गल्ती

फिल्मको गीत ‘दिल दिया गल्ला’ मा अर्को एक सिन छ । जहाँ सलमान कैटरिनालाई टेबलमा पर्खन्छन् । यही सिनमा सलमानको पृष्ठभूमि समेत देखाइन्छ । जसमा एक मानिस आफ्नो कुकुरसँग हिडिरहेको देखिन्छ । यही सिनमा सलमान मुभ हुन्छन तर त्यो मानिस र कुकुर मुभ हुँदैन । जसलाई हेर्दा त्यो ग्राफिस भएको पत्ता लाग्छ ।

सातौं गल्ती

एक सिनमा समलान एक बाइकरसँग भिडिरहेको देखाइन्छ । जसमा सलमान बाइकरलाई टेबल फ्याँकेर मार्छन् । त्यसपछि टेबल बाइकरलको लागेर झरेको देखिन्छ । तर अघिल्लो सिनमा टेबल साइड हुन्छ ।

आठौं गल्ती

फिल्मको शुरुवातमा सलमान जंगली कुकुरसँग भिडिरहेको देखिन्छन् । यही सिक्वेन्समा एक सिन आउछ, जसमा सलमान हिउँमा स्केट गर्दै तल झर्छन । सिनमा सलमानको पछि एक रुख देखिन्छ । तर अघिल्लो सिनमा त्यो रुख गायव हुन्छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *