माघमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ३० देशका ५३ वटा चलचित्र प्रतिस्पर्धामा

  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

काठमाडौं, १७ पुस। आउँदो माघमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । काठमाडौंमा सोमबार नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरि दिएको जानकारीअनुसार आउँदो माघ १९देखि २२ गतेसम्म पोखरामा उक्त महोत्सव हुनेछ ।

‘कथ्यहरुको उत्सव’ भन्ने नाराका साथ हुने सो महोत्सवमा १० वटा महत्वपूर्ण विषयहरुमा गहन छलफल हुने सो प्रतिष्ठानका अध्यक्ष केपि पाठकले जानकारी दिए । साथै ‘राष्ट्रिय सहितको अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय भित्रको राष्ट्रिय’ अबको आवश्यकता हो भन्ने अवधारणालाई आधार मानेर चलचित्रको स्थानीयता र यसको वृहत प्रभावमाथि पनि छलफल हुने पाठकले बताए ।

उनकाअनुसार नेपालको भूराजनीतिलाई मनन् गर्दै महोत्सवमा भारतीय र चिनियाँ चलचित्रको न्यारेटिभ चरित्रमाथि बहस गराउँदै नेपाली चलचित्र न्यारेटिभ खोजी गरिनेछ ।

सो महोत्सवमा नेपाल, चीन, भारत, जापान, श्रीलंका जुरीहरुले ३० भन्दाबढी देशका करिब ५३ वटा चलचित्रहरुबाट उत्कृष्ठ चलचित्र, उत्कृष्ठ सर्ट फिल्म, विशेष महत्वको जुरी सम्मानर नेपाली पानोरमामा उत्कृष्ठ चलचित्र, उत्कृष्ठ सर्टफिल्म गरि चारवटा पुरस्कार प्रदान गर्नेछन् ।

उक्त महत्सवमा डा. चैतन्य मिश्र, यादव खरेल, नविन सुब्बा, सुरेश ढकाल, तीर्थ श्रेष्ठ, सरुभक्त, अनुप बराल, रविन्द्र अधिकारी, मणि थापा, विश्वप्रकाश शर्मा, सुनिल थापालगायतका व्यक्तिहरुले सम्बोधन गर्ने जानकारी दिइयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments