जब आफ्नै गीतमा खुमन अधिकारी कमेडी भूमिका देखिए, अनि मच्चाए तहल्का (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । लोक गायकको सूची बनाउने हो भने खुमन अधिकारीको नाम शिर्ष स्थानमा आउँछ । अहिलेसम्म ५००० बढी गीतमा आवाज दिएसकेका खुमन सबै दर्शक श्रोताको मन जित्न फरक–फरक स्वादका साथ बजारमा आउने गर्छन् ।

यहीक्रममा उनी अहिले ‘तल परिन्न’ बोलको गीत लिएर आएका छन् । खुमन र रमिला न्यौंपानेको आवजमा रहेको गीतको शव्द रमिलाले लेखेकी हुन् भने संगीत खुमन आफैले गरेका हुन् ।

अधिकारीले पछिल्लो समय न्यौपानेको सहकार्यलाई निरन्तरता दिँदै आएकाछन् । ‘ॐ शिव शंकर भोला’, ‘आज भेट्न आउदिन है कालु’, ‘आशीर्वाद माग्छु’ ‘पंखा चलाइदेउ’ जस्ता गीतको सहकार्यमा जम्न सफल यो जोडी ‘तल परिन्न’मा ल्याएर फेरी एकपटक दर्शक श्रोतामाझ आएको हो । यो गीत अहिले निकै चर्चामा समेत छ ।

अझ रोचक त के छ भने गीतको म्यूजिक भिडियोमा खुमन र रमिला आफैले अभिनय गरेका छन् । त्यो पनि कमेडी भूमिकामा । यो जोडीका गीतलाई मन पराउँदै आएका दर्शकले उनीहरुको अभिनय समेत रुचाएका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *