सरकारले तत्काल प्रदेश राजधानी नतोक्ने, प्रदेश प्रमुखकाे कार्यालय काठमाडौंमै राख्ने तयारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । प्रदेश राजधानी माग गर्दै विभिन्न ठाँउमा आन्दोलन भइरहेका बेला सकारले भने तत्काल प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने तर राजधानी भने नतोक्ने भएको हो ।

सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरेपछि आन्दोलन हुन थालेपछि तत्काल राजधानी नतोकिने भएको हो ।  संविधानमा भने प्रदेशसभाले राजधानी नतोक्दासम्म संघीय सरकारले नै अस्थायी राजधानी तोक्न सक्ने उल्लेख छ । सरकारले हाललाई सातवटै प्रदेश प्रमुखको अस्थायी कार्यालय काठमाडौंमै राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रदेशसभाका सांसदहरुले काठमाडौंमै शपथ ग्रहण गर्नेछन् । सांसदहरुले सपथ ग्रहण गरेपछि प्रदेशसभाको बैठक काठमाडौंमै बस्ने र प्रदेशसभाले नै राजधानी तोक्ने छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशप्रमुख र राजधानी तोक्ने बताइएपनि बैठकले आउँदो माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय मात्रै गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *