यस्ता छन् बलिउडका चर्चित गायक–गायिकाका लाइफ पार्टनर

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

काठमाडौं। बलिउडकी चर्चित गायिका सुनिधि चौहानले भर्खरै छोरा जन्माएकी छन् । उनले दुई विवाह गरेकी छिन् । बलिउडका गायक–गायिकाको व्यक्तिगत जिवनकाबारेमा धेरै जानकार छैनन् । हेर्नुहोस् चर्चित गायक–गायिकाका निजी जिवनका केही तथ्यः

१. सुनिधि चौहान र हितेश सोनिक

गायिका सुनिधि चौहानका पति हितेश सोनिक म्यूजिक कम्पोजर हुन् । उनले ‘पन्चनामा’, ‘प्यारका पन्चनामा २’, ‘माइ फ्रेण्ड पिन्टो’, ‘माझी द माउण्टेन म्यान’, ‘स्टेनलीका डब्बा’ र ‘काय पो चे’ जस्ता फिल्ममा संगीत दिएका छन् ।

२. अरिजित सिंह र कोयल राय

गायक अरिजित सिंहले दुई विवाह गरेका छन् । अरिजितले एक सांगीतिक कार्यक्रममा उनकी को–कन्टेस्टेन्ट कोयल सिंहसँग २०१३ मा विवाह गरेका थिए । उनीहरुको सम्बन्ध लामो समयसम्म चलेन । उनले सोही बर्ष सम्बन्ध विच्छेद गरे । त्यसपछि उनले बचपनकी साथी कोयल रायसँग २०१४ मा गुपचुप विवाह गरे । दुवै यो दोस्रो विवाह थियो । अरिजितले आफ्नो दोस्रो विवाहको लामो समयपछि सामाजिक संजालमा तस्विर शेयर गरेर जानकारी दिएका थिए । उनकी पत्नी कोयर गृहणी हुन् ।

३. श्रेया घोषाल र शिलादित्य मुखोपाध्याय

चर्चित गायीका श्रेया घोषालले बिजनेशम्यान शिलादित्य मुखोपाध्यायसँग २०१५ मा विवाह गरेकी छन् । दुवैले १० बर्षको प्रेम सम्बन्ध पछि विवाह गरेका हुन् ।

४. सोनू निगम र मधुरिमा

सोनू निगम र मधुरिमाले २००२ मा विवाह गरेका हुन् । दुवैको भेटघाट एक पार्टीमा भएको थियो । त्यसपछि उनीहरुबीच प्रेम सुरु भयो । ६ बर्षको प्रेमसम्बन्ध पछि उनीहरुले विवाह गरेका हुन् । सोनुकी पत्नी हाउस वाइफ हुन् ।

५. हनी सिंह र शालिनी

र्‍यापर हनी सिंहले स्कुल साथी शालिनीसँग विवाह गरेका छन् । विवाहको कुरा हनीले लामोसमयसम्म लुकाएर राखेका थिए । २०१५ अगस्टसम्म यो कुरा गोप्य थियो । उनकी पत्नी शालिनी हाउस वाइफ हुन् ।

६. शान र राधिका

शान मुखर्जीले गर्लफ्रेन्ड राधिकासँग २००० मा विवाह गरेका थिए । उनीहरु प्रायसँगै देखिन्छन् । उनीहरुको सम्बन्ध बिच्छेद हुने हल्ला एकपटक चलेको थियो । विवाह भन्दा पहिला राधिका एयर होस्टेस थिइन् ।

७. कुमार सानु र सलोनी

९० को दशकमा चम्मिएका गायक कुमार सानुले सलोनीसँग दोस्रो विवाह गरेका थिए । यो भन्दा पहिला कुमारले रिटासँग सम्बन्ध तोडेका थिए । सलोनी आफ्ना दुई छोरीसँग लण्डनमा बस्छिन् ।

८. आतिफ असलम र सारा भरवाना

पाकिस्तानी मुलका बलिउड गायक आतिफ असलमले मार्च २०१३ मा प्रेमिका भरवानासँग विवाह गरेका थिए । पेशाले सारा शिक्षिका हुन् । कलेज पढ्दा उनीहरुको माया झाँगिएको थियो ।

९. अदनान सामी र रोया फरयाबी

गायक अदनान सामीले २०१० मा रोया फरयाबीसँग तेस्रो विवाह गरेका थिए । रोयाले युएस बेस्ड कम्पनीमा प्रोजेक्ट म्यानेजरकोरुपमा काम गरिसकेकी छन् । अदनानले पहिलो विवाह १९९३ मा अभिनेत्री जेबा बख्तियारसँग गरेका थिए । जेबासँग सम्बन्ध तोडिएपछि उनले २००१ मा सबा गलदारीसँग दोस्रो विवाह गरेका थिए । त्यो सम्बन्ध ४ बर्ष भन्दा बढी टिकेन ।

१०. अली जाफर र आयशा फजली

गायक तथा अभिनेता अली जाफरले २००९ मा आयशा फजलीसँग विवाह गरेका छन् । आयशा आमिर खानकी आफन्त हुन् । आयशा हाउस वाइफ हुन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments