‘दबंग ३’ सलमान खानको सबैभन्दा ठूलो फिल्म बन्न सक्छ !

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ पुस । ‘टाइगर जिन्दा है’ पछि सलमान खान ‘दबंग’ फ्रेन्चाइजीको तेस्रो फिल्म ‘दबंग ३’ को तयारीमा लागेका छन् । अहिले फिल्मको स्क्रिप्टको काम भइरहेको छ ।

निर्माता अरबाज खानले फिल्म मे, जुनसम्म फ्लोरमा जाने बताएका छन् । हालै अरबाजले ‘दबंग ३’ को बारेमा कुरा गर्दै ‘टाइगर जिन्दा है’ जस्तै ‘दबंग ३’ पनि दर्शकले मन पराउने बताएका छन् । फ्रेन्चाइजीलाई दर्शकले रुचाउने र ब्राण्डकारुपमा विकास भइसक्ने भएकाले ‘दबंग ३’ दर्शकले मन पराउने उनको भनाई थियो । उनले फिल्म परफेक्ट बनाउने भन्दै यो फिल्म सलमानको सबैभन्दा ठूलो फिल्म हुनसक्ने बताएका छन् ।

‘दबंग ३’ लाई प्रभुदेवाले निर्देशन गर्नेछन् । अरबाजले प्रभुदेवा एक ट्यालेन्ट निर्देशक भएको बताएका छन् । प्रभुदेवालाई ‘वान्टेड २’ वा ‘दबंग ३’ मा एक फिल्म रोज्ने अफर आएको र उनले ‘दबंग ३’ रोजेको बताइएको छ ।

फिल्ममा सोनाक्षी सिन्हा देखिनेछिन् । यसअघिका दुई फिल्ममा समेत उनी देखिएकी थिइन् । फिल्म २०१९ को सुरुवातमा रिलिज हुने बताइएको छ । तर २०१९ को इदमा सलमानको अर्को फिल्म ‘भारत’ रिलिज हुने यस अघिनै टुंगो लागिसकेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments