रोकिएन प्रादेशिक राजधानी माग गर्दै भएको आन्दोलन, जनजीवन कष्टकर

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं, २३ पुस । मुलुकका केही जिल्लामा प्रदेशसभा राजधानीको माग गर्दै भएको आन्दोलनले निरन्तरता पाउँदा त्यस क्षेत्रका नागरिकहरु मर्कामा परेका छन् । सरकारले प्रदेशसभाको अस्थायी राजधानी तोक्ने तयारी गरेपछि केही दिन यता धनकुटा, डोटीलगायतका जिल्लामा आन्दोलन भइरहेका छन् ।

सरकारले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगडी अस्थायी राजधानी तोक्न लागेको चर्चासँगै धनगडी, डोटी, वीरगञ्जलगायतका स्थानमा आन्दोलन भएका हुन् ।

आइतबार पनि प्रदेश राजधानीको माग गर्दै धनकुटा र डोटीमा आन्दोलन भएका छन् । आन्दोलनका कारण सो क्षेत्रका यातायात सेवा अवरुद्ध भएका छन् भने कलकारखाना, शिक्षण संस्थाहरु प्रभावित भएका छन् ।

धनकुटामा पाँच दिन र डोटीमा १३ दिनदेपख भइरहेको आन्दोलनका कारण प्रभावित कष्टकर जनजीवनलाई सामान्य बनाउन सरोकारवाल निकाय र पक्षको तत्परता देखिएको छैन। धनकुटामा भएको आम अडतालका कारण त्यस आसपासका जिल्लामा समेत असर गरेको छ ।

यता १३ दिनदेखि आन्दोलनरत डोटीबासीले यस अघि दिपायलमा मात्र सडक तथा व्यापार ठप्प पारी बाजुरा र अछाममा मात्र असर पुर्याएकोमा दुई दिन देखि ७ पहाडी जिल्लाको मुख्य नाका बुडरमा बन्द गरेका छन् ।
यस्तै पर्साको वीरगञ्जमा पनि प्रादेशिक राजधानीको माग गर्दै अनशन जारी राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments