सुनको बाला दिँदै गर्दा विमानस्थलबाट एकजना पक्राउ

  • 461
  •  
  •  
  •  
  •  
    461
    Shares

काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन जस्तो देखिने पहेलो बाला संकलन गरेको आरोपमा झापाका ४९ वर्षीय काजिमान बिक पक्राउ परेका छन् ।

विमानस्थलको पार्किङ क्षेत्रमा २ सय ५० ग्राम सुन जस्तो देखिने पहेलो बाला संकलन गर्दै गरेको अवस्थामा उनलाई शनिबार पक्राउ गरेको प्रहरीले आइतबार जानकारी दिएको छ ।

कतार एयरको उडानद्धारा शनिबार काठमाडौँ आगमन भएका विकले सोही एयरबाट आएका अन्य यात्रुहरुसँग संकलन गर्दै गरेको अवस्थामा उक्त परिणमको ५ वटा वाला सहितउनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner