लामो समयपछि सनी देओल र डिम्पल कपाडिया एक साथ देखिने

  • 455
  •  
  •  
  •  
  •  
    455
    Shares

काठमाडौं, २३ पुस । लामो समपछि सनी देओल र डिम्पल कपडिया एक सथा देखिने भएका छन् । कुनैसमय सनी देओल र डिम्पल कपाडियाको एक तस्बिर सोशल मिडियामा निक्कै भाइरल भएको थियो । तस्विरमा दुवै जना एक अर्काको हात समातेर बसेका थिए । तस्विर भाइरल भएपछि उनीहरुको प्रेमको चर्चाले बलिउड इण्डस्ट्री तातेको थियो ।

यद्यपी सनी र डिम्पल मध्ये कसैले पनि उक्त भइरल तस्विरका बारेमा कुनै प्रकारको प्रतिक्रियासम्म जनाएनन् । अहिले त्यही जोडी फेरी चर्चामा आउँदै छ । सनी देओल र डिमपल कपाडिया वर्षौं पछि एक साथ फेरी पर्दामा देखिने भएका हुन् ।

डिम्पल कपाडियाका भतिजा करण कपाडिया फिल्मी दुनियाँमा कदम राख्न गइरहेका छन् । उनकै फिल्ममा सनी देओल र डिम्पल कपाडिया एक साथ देखिन लागेका हुन् । जसमा अक्षय कुमारको पनि भूमिका रहने बताइएको छ । उक्त फिल्मलाई टोनी डिसूजाले निर्देशन गर्ने बताइएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *