चीनको पूर्वी तटमा दुईवटा जहाज आपसमा ठोक्किँदा अागलागी, ३२ जना बेपत्ता, २० उद्धार

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । चीनको पूर्वी तटमा कार्गो जहाज र तेल बोकेको जहाज आपसमा ठोक्किँदा ३२ बेपत्ता भएका छन् । कार्गाे जहाज इरानको १ लाख ३६ हजार टन तेल बोकेको जहाज ठोक्किँदा ट्यांकरमा समेत आगलागी भएको छ ।

जहाज दुर्घटनामा हराइरहेका मध्ये ३० जना इरानी र २ जना बंगलादेशी नागरिक रहेको चिनियाँ यातायात मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कार्गो जहाजमा रहेका चालक दलका सहित २० जना सदस्यको भने उद्धार गरिएको छ । खोजी र उद्धरका लागि ८ वटा पानीजहाज परिचालन गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *