नयाँ बर्षको पहिलो खेलमा नेयमार, डिमारिया, एमबाप्पेका २–२ गोल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले २०१८ को पहिलो खेलमा शानदार जित दर्ता गरेको छ । आइतबार राति फ्रेन्च कप अन्तर्गत भएको खेलमा पिएसजीले रेन्नेसलाई ६–१ गोलले हराएर अन्तिम ३२ मा प्रवेश गरेको छ ।

काभानीलाई आराम दिइएको खेलमा नेयमार, एन्जल डि मारिया र केलियन एमबाप्पेले समान २–२ गोल गरे । रेन्नेसका लागि बेन्जामिनले एक गोल फर्काए । खेलको ९ मिनटमै एमबाप्पले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

१७ औं मिनेटमा नेयमारले गोल गर्दै अग्रता दोब्बर पारे । २४ औं मिनेटमा डि मारिया र ४३ औं मिनेटमा नेयमारले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–० को अग्रता लियो । दोस्रो हाफको थप तीन गोल भयो ।

६६ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सुदपयोग गर्दै रेन्नेसका बुरिजियाडले गोल गरे । तर ७४ मिनेटमा डि मारिया र त्यसको दुई मिनेटपछि एमबाप्पले गोल गरेपछि पिएसजी ६–१ ले विजयी भयो । जारी सिजनमा पिएसजी उत्कृष्ट लयमा छ ।

उसले लिग वानमा १९ खेलबाट ५० अंक जोडेको छ, र अंक तालिकाको शिर्ष स्थानमा छ । च्याम्पियन्स लिगमा समेत पिएसजीले उत्कृष्ट प्रर्दशन गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments