‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा दिइने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । निर्माण पक्षले केकी अधिकारी र नाजिर हुसेन अभिनित ‘राज्जा रानी’ मैथिली चलचित्रको पूरै मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरेको छ । भोर कम्पनीका सिइओ राजकुमार महतोले उक्त घोषणा गरेका हुन् ।

‘हामीले यो सिनेमा मैथिली भाषामा ल्याउनुको पछाडि समाज र राष्ट्रको सेवा गर्नु थियो नकि चलचित्रबाट भएको नाफा आफ्नो व्यक्तिगत कार्यमा प्रयोग गर्ने । यो सोच चलचित्र बनाउने बेलामै जन्मेको थियो, अहिले सार्वजनिक गरेका छौं,’ महतोले भने ।

‘राज्जा रानी’ चलचित्रले बाल विवाह एवं दाइजो उन्मूलनको प्रयासलाई सशक्त आन्दोलनको रूपमा पर्दामा देखाउने प्रयास गरेको छ । चलचित्र मोरङदेखि पर्सा जिल्लाका २० भन्दा बढी सिनेमा हलमा चलिरहेको छ । छिट्टै भारतका बिहार, झारखण्ड र युपीमा पनि ‘राज्जा रानी’ प्रदर्शन हुने भएको छ ।

‘राज्जा रानी’लाई कतार, मलेसिया, दुबई, अमेरिका, बेलायत, स्विटजरलैन्ड, अस्ट्रेलिया, जर्मनी, नर्वेलगायतका देशमा प्रदर्शन गर्ने तयारी भइरहेको भोर कम्पनीका सिइओ महतोले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner