चर्चामा अल्लु अर्जुनको नयाँ फिल्म, नेपालमा रुचाइयो ट्रेलर (भिडियो)

  • 3.3K
  •  
  •  
  •  
  •  
    3.3K
    Shares

काठमाडौं, २४ पुस । साउथ इण्डियन फिल्मका फ्यान नेपालमा धेरै छन् । यी कारण साउथका गतिविधि र स्टारलाई नेपाली दर्शक पनि फलो गर्ने गर्छन । अहिले साउथका स्टार अल्लु अर्जुन अभिनित फिल्म ‘ना पेरु सूर्या ना इल्लु इन्डिया’ को ट्रेलर नेपालमा मन पराइनुको कारण पनि यही हो ।

यो फिल्मको ट्रेलर ट्रेन्डिङको नम्बर ५ सम्म आउँन सफल भएको थियो । फिल्ममा अल्लु अर्जुन सैनिकको भूमिकामा देखिएका छन् । फिल्ममा अल्लु अर्जुनसंगै अनु, अर्जुन सारजा, आर. सरथकुमार, वुमन इरानी लगायतको अभिनय रहेको छ ।

वक्कन्थम वम्सी निर्देशित फिल्म तेलुगु भाषामा निर्माण भएकोछ । विशाल शेखरको संगीत रहेको फिल्म सन् २०१८ को अप्रिल २७ मा रिलिज हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner