डा.गोविन्द केसीले न्यायालयविरुद्ध आन्दोलन थाल्ने, आज टिचिङ हस्पिटलमा पत्रकार सम्मेलन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । चार वर्षअघि सरकारको बर्खास्तगीमा परेका त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा.शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि डा.गोविन्द केसी आन्दोलित भएका छन् । उनले अब न्यायालयमा रहेको ‘माफियातन्त्र’ हटाउने भन्दै आन्दोलनको घोषणा गर्ने भएका छन् ।

डा.केसीले सोमबार दिउँसो २ बजे टिचिङ हस्पिटलमा पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले शर्मालाई चार वर्षपछि पुनर्बहाली गर्ने आदेश दिएको हो । शर्माले आइतबारै आईओएमको डिनको पदभार सम्हालेका छन् । उनी यही पुस २७ गतेसम्म मात्र सो पदमा रहने भएका छन् ।

६ दिनका लागि सर्वोच्चले किन शर्मालाई पुनर्बहाली गर्न आदेश दियो ? भन्ने विषयले अहिले चर्चा पाएको छ । शर्माले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । शर्माले आइतबार डिनको पदभार सम्हालेलगत्तै डा.जगदीश अग्रवाल आईओएममा जान छाडेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments