पक्राउ पूर्जी जारी भएका नवराज सिलवालले भने– आइ एम रेडी !

  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

काठमाडौं, २४ पुस ।कार्यसम्पादन मूल्यांकन फारम किर्ते गरेको आरोपमा अनुसन्धानमा तानिएका पूर्वडीआईजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालले आफूमाथि हुने अनुसन्धानलाई सहज बनाउने आसय सार्वजनिक गरेका छन् ।

काठमाडौं प्रहरी परिसरले पक्राउ पूर्जी जारी गरेपछि विदेश पुगेका भनिएका सिलवालले सोमबार सामाजिक सञ्जाल मार्फत आफूमाथि लागोको आरोपमा अनुसन्धान गर्न दिने आसय व्यक्त गरेका हुन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सिलवालले लेखेका छन्, ‘डियर २०१७, थ्याङ्कस् फोर अल दि लेशनस, डियर २०१८, आइ एम रेडी ।’

सो स्टाटस मार्फत सिलवालले आफूमाथि आएको विपत्ति सामना गर्न तयार भएको आसय प्रकट गरेका छन् । हाल मलेसियामा रहेको बताइएका सिलवाललाई पक्राउ गर्न प्रहरी खोजी गरिरहेको छ ।

सर्वोच्च अदातलको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् ।

किर्ते अनुसन्धानको नेतृत्व गरिरहेका काठमाडौं परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकाले सिलवाललाई पक्राउ पूर्जी जारी गरेको बताउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *