भोजपुरी फिल्मका स्टार ‘निरहुआ’ : कुनै बेला उनको साइकल समेत थिएन, अहिले एक फिल्ममा काम गरेकाे ५० लाख लिन्छन्

  •  
  •  
  •  
  •  
  •  

पटना। भोजपुरी फिल्मका स्टार दिनेशलाल यादव ‘निरहुआ’ को जिवन संघर्षपूर्ण छ । कुनैबेला उनको घरमा साइलक समेत थिएन । अहिले भोजपुर फिल्लमा स्टार बनेपछि उनले एक फिल्ममा काम गरे वापत ४० देखि ५० लाख पारिश्रमिक लिने गरेका छन् ।

एक समय यस्तो पनि थियो उनका पिताको मासिक आम्दानी ३५ सय थियो । त्यसैले उनको परिवार चल्थ्यो । दिनेश भारतको विहार राज्य स्थित टन्ठवा गाँउका हुन् ।

पैसा कमाउन उनका वुवा आफ्ना दुई छोरा लिएर कलकत्ता गए । यो क्रममा उनका पिताले पत्नि र तीन छोरीलाई गाँउमै छोडेका थिए । कोलकत्तामा उनले मासिक ३५ सय कमाउथे ।

दिनेशले त्यही पढे । केही बर्ष पछि गाउँ फर्किए पछि दिनेशले गाजीपुराको कलेजबाट बिकम सकाए । उनका पिता छोराले जागिर खाओस भन्ने चाहान्थे । तर, दिनेशलाई जागिर खाने मन थिएन् ।

सन् २००३ मा दिनेको म्यूजिक एल्बम ‘निरहुआ सटल रहे’ सुपरहिट भएको थियो । विस्तारै उनी भोजपुरी फिल्मको स्टार बने । २००५ मा मुम्बई आएका उनी एक फिल्म डाइरेक्टर भनेर फिल्म ‘चलत मुसाफिर’ मा दुई गीत गाए । त्यसपछि उनले अभिनय समेत शुरु गरेका थिए र स्टार बने । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments