पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट (तस्बिरसहित)

  • 279
  •  
  •  
  •  
  •  
    279
    Shares

काठमाडौं, २४ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार बिहान भेट भएको छ । एक सातादेखि पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा आइतबार बिहान भारतको लखनउ गएका थिए । पूर्वराजा आफैं गाडी चलाएर लखनउ प्रस्थान गरेका थिए ।

पूर्वराजा शाह र आदित्यनाथबीच लखनउस्थित मुख्यमन्त्रीको सरकारी कार्यालयमा भएको थियो । आदित्यनाथले पूर्वराजासँग भेट गरेको जानकारी दिएका छन् । आदित्यनाथले पूर्वराजालाई खादा ओढाएर सम्मान गरेका थिए ।

उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, नाति हृदयन्द्र, नातिनी पूर्णिका छन् । पूर्वयुवराज्ञी हिमानीको गत असोजमै उत्तर प्रदेशस्थित गोरखनाथ मन्दिरको दर्शन गर्ने र मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम तय थियो । तर, मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेका बेला हिमानीको भ्रमण रोकिएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ हिन्दु धर्म र राजसंस्थाका पक्षधर हुन् । उनले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने भन्दै लबिङ गरिरहेका छन् । आदित्यनाथसँग सम्बन्ध राम्रो भएकाले पनि उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र लखनउ गएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner