हेटौँडामा मिर्गाैला रोगीको डायलाइसिस सेवा सञ्चालन

  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

हेटौँडा, २४ पुस । हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङस्थित चुरेहिल अस्पतालमा दुवै मिर्गाैला काम नगर्ने बिरामीका लागि आज बिहानदेखि डायलाइसिस सेवा शुरु गरिएको छ । आरोग्य फाउण्डेसन प्रतिष्ठान ललितपुर र रोटरी क्लब मकवानपुरको सहकार्यमा चुरेहिल अस्पताल हेटौँडामा तीन वटा डायलाइसिस मेसिन स्थापना गरी सो सेवा सञ्चालनमा ल्याइएको हो ।

पाँच जना मिर्गौला बिरामीलाई आज डायलाइसिस सुविधा उपलब्ध गराईएको चुरेहिल अस्पतालका प्रशासन प्रमुख रविरमण अधिकारीले जनाकारी दिनुभएको छ । डायलाइसिस सेवा हेटौँडामा पहिलेपटक सञ्चालनमा ल्याइएको हो । काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनमा गरी कुल १५५ जना मिर्गौला रोगीका बिरामीले नियमित डायलाइसिस सेवा लिँदै आएको जिल्ला जनस्वास्थ कार्यालय मकवनपुरका प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलले बताएका छन् ।

चितवन, काठमाडौँ र भक्तपुरका गरी २५ जना मिर्गाैला रोगीका बिरामीले डायलाइसिस सेवाका लागि चुरेहिल अस्पतालमा नाम दार्ता गराएको चुरेहिल अस्पतालका प्रशासन प्रमुख अधिकारीले बताए । चुरेहिल अस्पतालले मिर्गौला रोगी बिरामीको चापलाई केन्द्रित गरी आगामी तीन महिनाभित्र सात वटा नयाँ डायलाइसिस मेसिन जडान गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments