‘रेस ३’ पनि सलमान खानको धमकेदार एक्शन देख्न पाइने !

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ ३०० करोड क्लबमा प्रवेश गरेको छ । अहिले पनि यो फिल्मले आक्रमक व्यापार गरिरहेको छ ।

अलिअब्बास जफरले निर्देशन गरेको यो फिल्म सलमानको तीन सय करोड कमाउने तेस्रो फिल्म हो । यो फिल्ममा सलमानसँगै कटरिना कैफ, परेश रवाल लगायतका कलाकारहरुको समेत अभिनय छ ।

‘टाइगर जिन्दा है’ हलबाट नउत्रदैँ सलमानको आगामी फिल्म ‘रेस ३’ को चर्चा सुरु भएको छ । इदमा रिलिज हुने यो फिल्म अहिले छायंकनको क्रममा छ ।

रेमो डिसूजाको निर्देशनमा बनिरहेको यो फिल्ममा धमकेदार एक्शन हुने भारतीय मिडियाले दावी गरेका छन् । खतरानाक एक्शन सिन सलमानले बाइकबाट गर्ने बताइएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner