आदीत्य चोपडा करण जोहर जस्तो भएको भए कहिलै विवाह गर्दिन थिएँः रानी मुखर्जी

  • 794
  •  
  •  
  •  
  •  
    794
    Shares

काठमाडौं, २४ पुस । रानी मुखर्जी लामो समय बलिउडबाट टाढा थिइन् । अहिले उनी फिल्म ‘हिचकी’ बाट ठूलो पर्दामा कमब्याक गर्दैछिन् । अहिले उनी फिल्म प्रमोशनमा व्यस्त छिन् । त्यही क्रममा उनले करण जौहरसँग जोडेर एक अभिव्यक्ति दिएकी छन् । जुन अभिव्यक्तिले करणलाई झट्का लाग्न सक्छ ।

एक अन्तवार्तामा रानीले उनका पति (आदीत्य चोपडा) स्वभाव करणको जस्ता भएको भए कहिलै पनि उनीसँग विवाह नगर्ने बताएकी छन् । आदीत्य निकै पर्सनल रहेको र धेरै समय घरमा विताउन मन पराउने उनको भनाई छ । करण निकै बरालिने गरेको र सँधै पार्टीमा जाने

गरेको उनले बताएकी छन् । आदित्य भने सुटिङ सकिने वित्तिकै घर फर्कने गरेको र त्यो आफुलाई मन पर्ने उनको भनाई छ । सिद्धार्थ पी मल्होत्राको निर्देशनमा बनेको ‘हिचकी’ लाई रानीका पती आदीत्यले निर्माण गरेका हुन् । फिल्म २३ फ्रेबेअरीमा रिलिज हुनेछ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner