चलचित्र ‘मिस्टर झोले’को ‘कभर भिडियो कम्पिटिसन’का विजेता घोषणा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ २४, पुष । पुष २८ गतेदेखि अल-नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’ को ‘कभर भिडियो कम्पिटिसन’को विजेता घोषणा गरिएको छ ।

काठमाडौँमा एक कार्यक्रमका बीच प्रथम हुनेलाई रु एक लाख पचपन्न हजार , दोस्रो हुनेलाई  रु एक लाख पच्चिस हजार र तेस्रो  हुनेलाई  रु एक लाख पाच हजारको चेक प्रदान गरिएको थियो । कार्यक्रममा  अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनले कभर भिडियो बिजेताहरु लाई चेक हस्तान्तरण गरिएको थियो ।

चलचित्र मिस्टर झोलेलाई निर्माता टेकेन खड्काले निर्माण गरेका हुन्। ‘मिस्टर झोले’मा दयाहाङ राई, बर्षा राउत, दीया पुन, अरुणा कार्की, बुद्धि तामाङ, बिजय बराल, पुष्कर गुरुङ, प्रविण खतिवडा, कमलमणि नेपाल, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रलाई चर्चित निर्देशक राम बाबु गुरुङले निर्देशन गरेका हुन् भने  रवि न्यौपानेको छायांकन र  विक्रम स्वारको कोरियोग्राफी रहेको छ  ।कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको यस चलचित्रलाई निमेष श्रेष्ठको सम्पादन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *