मोटिभेसनल स्पिकरमा शौनक भट्टको विश्वभर चर्चा !

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं, २४ पुस । मान्छेको सफलता उसको आत्मबल र सो आत्मबललाई उसले कसरी परिचालन गर्छ भन्ने कुराले निर्भर गर्ने विश्वास गरिन्छ । यही आत्मबलका लागि प्रेरणा आवश्यक पर्छ । तर, मानिसहरुमा कुनलाई प्रेरणाको स्रोत मान्ने भन्ने कुरा एकीन गर्न गाह्रो पर्छ । आफ्नो लक्ष्यमा पुग्न आवश्यक ऊर्जा प्राप्त कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यले विश्वभरी अहिले मोटिभेसनल स्पिकरको प्रभाव बढेको युवामाझ चर्चा हुन थालेको छ ।

नेपालमा आफ्नो भविष्य र सहज जीवनयापनका लागि के गर्न सकिन्छ भने र ज्योतिषी कहाँ जाने गरिन्छ । यससँगै अहिले उत्प्रेरणाका लागि मोटिभेसनल स्पिकरको जाने क्रम पनि चलेको छ ।

नेपालामा मोटिभेसनल सेमिनारको कुरा गर्दा अगाडि आउने नाम हो – शौनक भट्ट । आजभन्दा करिब एक दशक अघि सुरुवात भएको शौनकको ’मोटिभेसन्’प्रतिको मोह र बढ्दो मागले उनलाई विश्वसामु चिनाउन मद्दत गरेको छ ।

बढीमा ३–४ घण्टाको पब्लिक इभेन्ट गर्दै आएका शौनक भट्ट अब देशव्यापी शिक्षण संस्था र इच्छुक कर्पोरेट संस्थालाई वार्षिका रुपमै ट्रेनिङ दिने सोचका साथ २०१८ को सुरुवातसँगै ‘एड्भान्स ट्रान्स्फर्मेसनल कोर्स’ लिएर आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner