माघमा खुला नकाउट भलिबल प्रतियोगिता

  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

नेत्र बिक्रम बिमली

झापा, २४ पुस । झापाका हल्दिबारीस्थित दिपज्योति युवा परिवार हल्दिबारीले खुला नकाउट भलिबल प्रतियोगिता गर्ने भएको छ ।आउँदो माघ ८ देखि १३ गतेसम्म हुने सो प्रतियोगितामा नेपाल र भारतका राष्ट्रिय खेलाडीहरु रहेका १२ टिमको सहभागी हुने आयोजक समितिका सचिव नवीन मैनालीले जानकारी दिए ।

करिब ५ लाख खर्च हुने सो प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय रुपैयाँ र दोस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका कोषाध्यक्ष पवन कुमार कुमारले बताए । विभागीय टिम नेपाली प्रहरी, नेपाल आर्मी ,सशस्त्र प्रहरी बलसहितका टिमको सहभागिता रहने जानकारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments