जनकपुर महोत्सव माघ २७ देखि

  • 119
  •  
  •  
  •  
  •  
    119
    Shares

जनकपुरधाम, २४ पुस। प्रदेश नं २ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा जनकपुर महोत्सव–२०७४ आगामी माघ २७ देखि फागुन १० गतेसम्म हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ को आयोजनामा तिरहुतिया गाछीमा सो महोत्सवको नारा ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ हुनेछ । महोत्सवबाट जनकपुरलाई पर्यटकीय नगरी बनाउने, धार्मिक– आन्तरिक पर्यटक र विदेशी पर्यटकलाई आकर्षित गर्ने वातावरण बनाउने, कृषि–औद्योगिक उत्पादन– स्थानीय घरेलु– कुटिर र वनजन्य उत्पादनलाई सहज रूपमा बजार पु¥याउने र स्थानीय तहमा नागरिकलाई स्वरोजगारको अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

महोत्सवमा औद्योगिक उत्पादन, सेवा, कृषि मेला एवं पशुजन्य उत्पादन, सूचना प्रविधि, हस्तकलाका सामान, कृषि–घरेलु– वन पैदावार– जडीबुटी, लघु उद्यमीद्वारा उत्पादित वस्तु तथा विभिन्न जातजातिका खानाका परिकार, एक गाउँ, एक उत्पादन कार्यक्रमबाट उत्पादित सामग्रीको प्रदर्शनी एवं बिक्री रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक शिवशङ्कर साह (हीरा) ले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *