यसरी देखिए नाउ क्याम्पमा कोन्टिन्हो

  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं, २५ पुस । ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो बार्सिलोनामा अनुबन्धित भएसँगै बार्सिलोनाले नाउ क्याम्पमा समर्थक समक्ष कोन्टिन्होलाई क्लबको खेलाडीको रुपमा सोमबार औपारिकरुपमा सार्वजनिक गरेको हो ।

२५ वर्षेकोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौता गरेका छन् । हस्ताक्षर गर्ने बेला बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि सँगै थिए । त्यसपछि उनले मैदानमा बलसँग केही बेर खेले ।

लिभरपुलमा आफू पाँच वर्ष रहँदा आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र आफू खुशी रहेको कोन्टिन्होले बताए । बार्सिलोनाले लिभरपुलसँग कोन्टिन्होलाई एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने विषयमा सहमति गरेको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner