डा.केसी पक्राउको विरुद्धमा जनता सडकमा, माइतीघर–सिंहदरबारमा सुरक्षा कडा, निषेधित क्षेत्र घोषणा (तस्विर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । डा. गोविन्द केसी पक्राउको विरुद्धमा जनता स्वतस्फूर्त सडकमा निस्केका छन् । मंगलबार बिहानैदेखि नागरिक समाज, चिकित्सक, पत्रकार, कानुन व्यवसायी, सर्वसाधारण सडकमा निस्केका हुन् ।

आमसर्वसाधारण, राजनीतिक दलका नेता कार्यकर्ता बिहानैदेखि माइतीघर मण्डलामा जम्मा भएर डा. केसीकाे समर्थनमा विराेध प्रदर्शन गरिरहेका छन् । जनता स्वतस्फूर्त सडकमा निस्केपछि गृह प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । सिंहदरबार, थापाथली, पुतलीसडक, अनामनगरमा बिहानैदेखि व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

न्यायालय भ्रष्ट भएको भन्दै १४औं आमरण अनसन सुुरु गरेका केसीलाई सोमबार राति नै पक्राउ गरी सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको छ । केसीलाई मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ । अदालतको अवहेलना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । केसीलाई पक्राउ गरिएकोमा स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आपत्ति प्रकट गरेका छन् ।

नेपाली कांग्रेसका नेता गगन थापा, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायत अधिकारीकर्मी, नागरिक अगुवा सडक आन्दोलनमा निस्केका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *