माओवादी केन्द्रका नेताहरू डा.केसीको पक्षमा, नारायणकाजी भन्छन्, अदालत भगवान होइन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । अदालत र डा.गोविन्द केसीको विवादको विषयमा माओवादी केन्द्रका नेताहरू डा. केसीको पक्षमा देखिएका छन् । पूर्वसभामुख एवं माओवादी नेतृ ओनसरी घर्ती र नेता नारायणकाजी श्रेष्ठ डा.केसीको पक्षमा लागेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत घर्तीले विगतमा पदमा बस्दा र अहिले नबस्दा पनि केसीको मागको पक्षमा आफू रहेको र त्यसलाई विधि र प्रक्रियामा ढालेर समाधान गर्नुपर्ने उल्लेख गरेकी छन् ।

‘पदमा छँदा भनें पनि गरें पनि, आज पनि भन्छु, प्रयास गर्छु, डा.केसीका माग ठिक छन् । यसलाई ठिक विधिमा ढालेर समाधान गर्नुपर्छ,’ उनले लेखेकी छन् ।

यस्तै, माओवादी केन्द्रका नेता श्रेष्ठले केसीको रातारात गिरफ्तारी कानुनको ज्यादती भएको बताएका छन् । उनले अदालतको मानहानिलाई सत्याग्रहीविरुद्ध हतियार बनाइनु नितान्त गलत भएको उल्लेख गरेका छन् ।

उनले अदालत भगवान नभएको बताउँदै राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई यथावत् राखिएकै कारण अहिलेको अवस्था उत्पन्न भएको जिकिर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner