सर्वाेच्च अदालतमा केसीको बयान सुरु

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । मानिहानीको आरोपमा पक्राउ गरेर सर्वाेच्च अदालतमा उपस्थित गराइएका नागरिक अभियन्ता डा. गोविन्द केसीको बयान सुरु भएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खास्ती माग राखेर चौधौँपटक अनसन बसे लगत्तै पराजुलीलाई सोमबार पक्राउ गरिएको थियो । मंगलबार बिहान उनलाई सर्वाेच्च अदालतमा उपस्थित गराइएको हो ।

न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बयान भइरहेको छ । मंगलबार बिहान ८ बजे केसीलाई अदालत लगिएपनि ढिलो गरी दिउँसो सवा एक बजेपछि बयान लिन सुरु गरिएको हो ।

डा. केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । केसीको विपक्षमा रमन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल लगायतले बहस गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

One thought on “सर्वाेच्च अदालतमा केसीको बयान सुरु

  1. प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खास्ती माग राखेर चौधौँपटक अनसन बसे लगत्तै पराजुलीलाई सोमबार पक्राउ गरिएको थियो । मंगलबार बिहान उनलाई सर्वाेच्च अदालतमा उपस्थित गराइएको हो ।
    आँखा र दिमाग खोलेर लेखेको भए यस्तो गम्भीर त्रुटि हुने थिएन ।

Comments are closed.