दीपिका–रणबीर देखि सोनम कपूरसम्म, जसले २०१८ मा विवाह गर्दैछन्

  • 767
  •  
  •  
  •  
  •  
    767
    Shares

काठमाडौं, २५ पुस । सन् २०१७ मा बलिउडका केही चर्चित स्टार विवाह गरे । ती मध्ये नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको विवाह चर्चित बन्यो । २०१८ मा पनि बलिउडका केही स्टारले विवाह गर्न सक्ने बताइएको छ ।हेर्नुहोस् सूची

१. दीपिका पादुकोण र रणबीर सिंह दीपिका र रणबीर स्टारर फिल्म ‘पद्मावत’ को रिलिज डेट फाइनल भएको छ । फिल्म २५ जनवरीमा रिलिज हुनेछ । फिल्ममा दीपिका र रणबीर भलै अपोजिट भूमिकामा छन् । तर भारतीय मिडियाका समचारलाई मान्ने हो भने रियल लाइफमा यी दुईले यो वर्ष विवाह गर्न सक्नेछन् । दीपिकाले ५ जनवरीमा आफ्नो ३२ औं जन्मदिन मनाएकी छन् । यही मौकामा रणबीरको परिवारले उनले डाइमण्डको सेट र साडी उपहार दिएको बताइएको छ । रणबीर विवाहका लागि तयार भएको तर दीपिका भने करियरमा फोकस गर्न चाहेको बताइन्छ ।

२. सोनम कपूरले पनि यो बर्ष आफ्ना प्रेमीसँग आनन्द आहूजासँग विवाह गर्न सक्ने बताइएको छ । सोनमले यही बर्ष अप्रिलमा विवाह गर्न सक्नेछिन् । यी दुईको विवाह जोधपुरमा हुनेछ ।

३. वरुण धवन र नताशा दलालबीच बाल्यकाल देखिकै प्रेमसम्बन्ध छ । उनीहरुको पनि यो बर्ष विवाह हुन सक्ने बताइएको छ ।

४. नरगिस फखरी उदय चोपडासँग डेट गरिसकेकी नरगिस अमेरिकान निर्देशक मेट अलोन्जोसँग प्रेम सम्बन्धमा छिन् । उनीहरुले यही बर्ष विवाह गर्न सक्नेछन् ।

५.ऋचा चड्ढा ‘फुकरे रिटन्र्स’ मा काम गरेका फजल को–स्टार ऋचा चड्ढासँगको प्रेम सम्बन्धमा छन् । उनीहरु दुई बर्षदेखि रिलेशनशिपमा रहेको बताइएको छ । उनीहरुले पनि यो बर्ष विवाह गर्न सक्नेछन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *