सर्वाेच्च अदालतमा केसीको बयान– प्रधानन्यायाधीशले गरे अदालतको अपहेलना, भोलि बहस पैरवी हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका नागरिक अभियन्ता डा. गोविन्द केसीले मंगलबार सर्वाेच्च अदालतमा बयान दिएका छन् ।

बयानका लागि बिहान ८ बजेका सर्वाेच्च अदालत पुर्‍याइएका केसीले आफूले अदालतको अवहेलना गरेको भन्दै प्रधानन्याधीस गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताए ।

आफूले न्यायाशीध र न्यायपालिकाको नभई न्यायाधीशको भ्रष्ट प्रवृतिको विरोध गरेको भन्दै केसीले प्रधानन्यायाधीश पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएर अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् ।

नातेदार रहेकाले सर्वाेच्च अदालतका प्रमुख रजिष्टार नहकुल सुवेदीलाई ६ महिनामा तीन पटक बढुवा गरेर पराजुलीले नै अदालतको अपहेलना गरेकाले उनलाई कारबाही गर्नुपर्ने केसीको बयानमा उल्लेख छ ।

प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएकाले न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने भन्दै उनले आफ्नो बयानमा अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने लगायत उल्लेख गरेका छन् ।

केसीको बयान सकिएकाले बुधबारबाट बहस पैरवी हुनेछ ।

केसीकाे बयान 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner