बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक जारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । भक्तपुरको बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकमा राजनीतिक–बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने विषयका छलफल भइरहेको छ ।

बुधबार नियमति स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने लागेका ओली फर्किएपछि मात्रै पार्टी एकताको घोषणा गर्ने तयारी छ । यसबीचमा आवश्यक तयारी संयोजन समितिले गर्ने नेताहरुले बताएका छन् ।

तर, पार्टी एकता अघि नै सम्मानजनक शक्ति बाँडफाँट गरिसक्नु पर्ने माओवादी नेताहरुको भनाइ छ । सरकार र पार्टीको एकता फरक फरक व्यक्तिले गर्नुपर्ने माओवादीले औपचारिक रुपमा निर्णय गरेको थियो ।

जारी बैठक यिनै विषयमा केन्द्रीय रहेको बताइएको छ । जारी बैठकमा एकता संयोजन समितिका सदस्यहरु एमालेका अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner