चलचित्र ‘बोबी’को नर्वे प्रिमियर हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २५ पुस । रियल जोडी उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा आधारित चलचित्र‘बोबी’को नर्वे प्रिमियर हुने भएको छ । हलिउडका मिसन इम्पोसिबल, जेम्स बोन्डका सिनेमा प्रिमियर भइसकेको नर्वेको  मल्टीप्लेक्समा ‘बोबी’ प्रिमियर हुने निर्देशक मिलन चाम्सले जानकारी दिए ।

‘बोबी’लाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनिले देखाउने छ । अाउँदाे मे १० मा प्रिमियर सम्पन हुने साे चलचित्रमा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।

नर्वेमै बस्ने इन्जीनियर उमेश र होटल म्यानेजर कविताको प्रेमकथामा तयार गरिएको चलचित्रको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments