लिगकपः अग्युरो नायक बन्दा म्यानचेस्टर सिटीको जित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । लिग ९काराबाओ० कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटीलाई २–१ ले हराएको हो ।

४४ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बबी रेइडले गोल गरेपछि पहिलो हाफमा ब्रिस्टोलले अग्रता लिएको थियो । ५५ औँ मिनेटमा केविन डि ब्राउनले म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयसम्म बराबरी रहेको खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा सर्जियो अग्युरोले सुन्दर गोल गर्दै म्यानचेस्टर सिटीलाई २–१ को महत्वपूर्ण जित दिलाए । दोस्रो लेग जनवरी २३ मा ब्रिस्टोलको मैदानमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments