बार्सिलोनामा मेस्सीको विकल्प कोन्टिन्हो !

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्हो स्ट्राइकर लियोनल मेस्सीको विकल्प भएको चर्चा हुन थालेका छ ।बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोले लिभरपुलबाट हालै बार्सिलोना गएका कोन्टिन्होले मेस्सीको ठाउँ लिने दाबी गरेका छन् । २५ वर्षेकोन्टिन्हो यहि हप्ता एक सय ४२ मिलियन पाउण्डमा लिभरपुलबाट बार्सिलोना गएका हुन् ।

‘हामी सबैलाई थाहा छ मेस्सी ठूला स्टार हुन् । उनी अझै तीन वा चार वर्ष उच्च स्थानमा रहन सक्छन् । तर कोन्टिन्होमा मेस्सीको छाँयामा रहेर पनि आफ्नो प्रभाव राख्ने क्षमता छ ,’ रिभाल्डोले भनेका छन, ‘बार्सिलोनाको इतिहासमा कोन्टिन्हो महंगा खेलाडी रहेकाले उनको काँधमा जिम्मेवारी रहेको छ, र क्लबले पनि क्षमता देखेर नै बढी रकम खर्चिएको हो ।’

कोटिन्हो बार्सिलोना गएसँगै विश्वका महंगा खेलाडीको सूचिमा नेयमारपछि दोस्रो स्थानमा छ । यहि सिजनमा नेयरमार बार्सिलोनाबाट दुई सय २२ मिलियनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *