बैंकक उड्नुअघि ओली र प्रचण्डबीच बालकोटमा भेटवार्ता, कार्यदललाई विशेष निर्देशन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि आज थाइल्यान्डको बैंकक जाँदैछन् । बैंककउड्नुअघि ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालकोटमा भेटवार्ता भएको छ ।

भेटवार्तापछि दुवै नेताले एमाले–माओवादी पार्टी एकता संयोजना समितिद्वारा गठित कार्यदललाई विशेष निर्देशन दिने भएका छन् । ६ सदस्यीय कार्यदलको पहिलो बैठक आज बस्दैछ । एमाले नेता सुवास नेम्बाङ र माओवादी नेता रामबहादुर थापा बादल संयोजक रहेको कार्यदलको बैठक बस्नुअघि ओली र प्रचण्डले विशेष निर्देशन दिने सहमति गरेका हुन् ।

कार्यदललाई राष्ट्रिय सभा निर्वाचन, प्रदेशसभा र प्रदेशसभा सरकारका विषयमा सहमति गर्न जिम्मा दिइएको छ । ओली बैंककबाट फर्केर आएपछि एकता संयोजन समितिको बैठक बस्ने भएको छ । त्यसबेलासम्म कार्यदलले राष्ट्रिय सभा, प्रदेशसभा गठन र सरकारबारे मोटामोटी सहमति जुटाउने भएको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ । पार्टी एकता गर्दा कुन मोडालिटीअनुसार गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments