यो वर्ष पर्दामा देखिने छैनन प्रियंका चोपडा

  •  
  •  
  •  
  •  
  •  

मुम्बई – सन् २०१८ मा केही ठूला ब्यानरको फिल्म रिलिज हुने भएका छन् । थुप्रै कलाकारका महŒवकांक्षी फिल्म यही वर्ष रिलिज हुने भए पनि केही चल्तीका कलाकारलाई भने यस वर्ष दर्शकले पर्दामा देख्न पाउनेछैनन् । प्रिपंका चोपडा, विपाशा बसू, विद्या बालनलगायतका नायिकाको फिल्म यो वर्ष दर्शकले हेर्न पाउनेछैनन् ।

प्रियंका अभिनित ‘बेवाच’ सन् २०१७ मा रिलिज भएको थियो भने विपाशा बसूले सन् २०१५ मा रिलिज भएको ‘अलोन’पछि कुनै फिल्ममा काम गरेकी छैनन् ।

सन् २००५ मा ‘परिणिता’बाट बलिउडमा डेब्यु गरेकी विद्या अभिनित ‘तुम्हारी सुलु’ गत वर्ष रिलिज भएको थियो । कलाकार विवेक ओवरायलाई पनि दर्शकले पर्दामा हेर्न पाउनेछैनन् । ‘बैंक चोर’ रिलिजपछि उनी पनि फुर्सदिला भएका छन् ।

आदित्यराय कपुरले सन् २००९ मा ‘लन्डन ड्रिम्स’मा काम गरेर राम्रै चर्चा पाएका थिए । पछिल्लो फिल्म ‘ओके जानु’ रिलिजपछि उनी फुर्सदिला कलाकारका रूपमा सूचीकृत छन् । नायिका श्रुति हसनको ‘बहन होगी तेरी’ गएको वर्ष रिलिज भएको थियो । यो वर्ष उनलाई पनि दर्शकले देख्न पाउनेछैनन् ।

‘बेफिक्रे’मा काम गरेर राम्रै चर्चा पाएका वाणी कपुरलाई पनि दर्शकले यो वर्ष देख्न पाउनेछैनन् । ‘लिपिस्टिक अन्डर माइ बुर्का’बाट राम्रै चर्चा पाएकी कोकणा सेन शर्माको पनि कुनै फिल्म रिलिज हुनेछैन । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner