डा.गोविन्द केसीको मुद्दामा आज पनि सुनुवाइ, कस्तो आउला फैसला ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । अदालतको अवहेलना गरेको आरोपमा डा.गोविन्द केसीको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । बिहान १० बजे केसीलाई अदालतमा उपस्थित गराइँदैछ ।

मंगलबार बिहान पौने ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइए पनि साढे ११ बजेदेखि मात्र उनको सुनुवाइ भएको थियो । केसीले सवा आठ घन्टा अदालतमा बिताएका थिए । साढे ४ बजेसम्म सुनुवाइ लिइए पनि सुनुवाइ पूरा नभएकाले केसीलाई स्वास्थ्य कमजोर भएपछि वीर अस्पताल पठाइएको थियो ।

डा.केसीले मंगलबार अदालतमा १४ वटा प्रश्नको जवाफ दिएका थिए । अदालतको अवहेलना गरेको भन्ने विषयमा सोधिएका प्रश्नमा डा.केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई नै लक्षित गरी उत्तर दिएका थिए ।

डा.केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध दुईवटा नागरिकता भएको, एसएलसी फेल भएको, एनसेललाई अर्बौंको दायित्व छुट दिएको, मेडिकल माफियाका संरक्षक १२ मुद्दामा चलखेल गरेको, चुडामणि शर्मा बिगोभन्दा धेरै कम धरौटीमा रिहा भएकोलगायतका आरोप लगाएका थिए ।

डा.केसीसँगको सुनुवाइ सकिएमा सम्भवतः आजै फैसला आउने छ । स्रोतका अनुसार अदालतको अवहेलना गरेको विषयमा कति सजाय सुनाउने भन्ने विषयमा न्यायाधीशहरूबीच छलफल भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner