सोलो रिलिज हुने भएपछि ‘कान्छी’ दंग !

  • 233
  • 1
  •  
  •  
  •  
    234
    Shares

काठमाडौं, २६ पुस । फागुन ४ बाट छविराज ओझाको ‘मंगलम’ को रिलिज डेट सारिएपछि श्वेता खड्काको ‘कान्छी’ सोलो रिलिज हुने भएको छ । हलमा एक मात्र फिल्म लाग्दा ‘कान्छी’लाई सहज हुने छ । आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र दायहाङ राईको मुख्य भूमिका छ ।

आफ्नोमात्र फिल्म रिलिज हुनेभएसँगै ‘कान्छी’ अर्थात श्वेता दंग भएकी छन् । ‘कान्छीलाई सोलो रिलिज गराउन लागि पर्ने सबैलाई धन्यवाद,’ श्वेता भन्छिन्, ‘अब झनै धेरै दर्शकले हेर्न पाउनु हुनेछ ।’

माघको पहिलो साता प्रोमो रिलिज गर्ने तयारीमा रहेकी श्वेता फिल्म राम्रो बनेको दाबी गर्छिन् । ‘फिल्मले दर्शकलाई निराश पार्दैन,’ उनले भनिन् ।

फिल्ममा समावेश ‘चरी चट्ट’ बोलको गीतले युट्युवमा ८० लाख माथि भ्युज पाइसकेको छ । याम थापाको लेखन रहेको फिल्ममा श्वेता र दयासँगै निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ, कामेश्वर चौरसिया, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । संगीत राजनराज सिवाकोटी र अर्जुन पोखरेलले दिएका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *