बलिउडमा रिलिज भए २८६ फिल्म , तीन मात्रै ब्लकबस्टर

  • 722
  •  
  •  
  •  
  •  
    722
    Shares

काठमाडौं, २६ पुस । बलिउडमा सन् २०१७ मा २८६ फिल्म रिलिज भएका छन् । २०१७ मा बलिउडमा हिन्दि भाषाका २८६ फिल्म रिलिज भएका थिए । तर, २९ फिल्मले मात्र आफ्नो लगानी उठाएका छन् । २५७ फिल्मले भने घाटा व्यहोर्नु पर्‍यो ।

बलिउडका निर्देशक सुभास घईले सन् २०१७ मा १४ फिल्म सुपर हिट भएको र १५ फिल्मले मात्र आफ्नो लगानी उठाउन सकेको लेखेका छन् । उनले ट्वीटर मार्फत नि किन ठुलो संख्यामा फिल्म फ्लप भए रु भन्ने प्रश्न समेत उठाएका छन् । उनले निर्देशकको सोच प्रविधिसंगै बिकसित हुन् नसकेको संकेत गर्दै यसलाई बहसको रुपमा उठाउनु पर्ने पनि बताएका छन् ।

सन् २०१७ मा ‘बाहुबली २’, ‘गोलमाल अगेन’ र ‘टाइगर जिन्दा है’ मात्र ब्लकबस्टर भएका छन् । धेरै फिल्म फ्लप हुँदा बलिउड घाटामा रहेको बताइएको छ । किनकी लगानी धेरै हुँदा फिर्ता निकै कम भएको बक्स अफिस विश्लेषकले बताएका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments