संसारकै सबैभन्दा अनौठा घर (तस्विर)

  •  
  •  
  •  
  •  
  •  

तपाईले कयौ अनौठा घर देख्नु भएको छ हो । आलिशान र अनौठा डिजाइजनका घरहरु पनि देख्नुभएको होला । तर, आज हामी दुनियाँका सबैभन्दा अनौठा घरहरुका बारेमा जानकारी दिनेछौ ।

१. रेलका डिब्बाको घर

साँच्चै अठौछो छ । किनकी यो रेलको डिब्बाबाट बनेको छ । जर्मनीमा बनेको यो घरमा एक दम्पती वनेसा स्टालबाउम र मार्को स्टेपनियाक बस्ने गर्छन । उनीहरु पेशाले फोटोग्राफर हुन् । यो घरलाई यसरी बनाइएको हो की यहाँ बस्दा रेलमा बसेको अनुभूती होस् । यो घरमा सबै सुविधा उपलव्ध छन् ।

२. ग्रीन हाउस

जर्मनीको ड्रेसडेनमा बनेको यो हरियो घरमा मोनिका र थोमस नामका एक दम्पती बस्छन् । उनीहरु यहाँ २० बर्ष देखि बस्दै आएका छन् । यो घरबाट चारै तिर हरियाली देख्न सकिन्छ । घरभित्र ती दम्पतीले नर्सरी पनि बनाएका छन् ।

३. अनाज भन्डार

यो घर कुनै बेला अनाज भन्डार थियो । तर, पछि यान कोप्स नामका एक एक आर्किटेक्टले आफ्नो सिपले यसलाई घरकोरुप दिए । यो घर भित्र बेडरूम, किचन, बाथरूम सबै मात्र १३ बर्ग मिटरमा बनेको छ । यसलाई बनाउनका लागि सबै पुराना बस्तुको प्रयोग गरिएको छ ।

४. कुना विनाको घर

 

यो घर यस्तो छ यसमा एउटा पनि कुना छैन । फ्रान्समा बनाइएको यो घर जोइल उलान नामका एक व्यक्तिको हो । यो घर १९७० मा बनाइएको हो । जसलार्इ बनाउनका लागि स्टील र कंक्रीटको प्रयोग गरिएको छ । उनाल र उनकी पत्नीलाई यो घर बनाउनका लागि ३६ बर्ष लागेको थियो । यो घरको एउटा कोठा अर्कोसँग जोडिएको छ । उनीहरुले यस घरको अधिकांश फर्निचर आफैले बनाएका हुन् । सन् २०१० मा यो घर फ्रान्सको राष्ट्रिय भवन घोषित भएको थियो ।

५. बंकर

यो त्यही बंकर हो जब दोस्रो विश्व युद्धका बेला जिगेन नामक एक जर्मन शहरमा गोलाबारीबाट बच्नका लागि मानिसहरु लुक्ने गर्थे । यो बंकरमा करिब ८०० मानिसहरु लुक्न सक्थे । अहिले यसलाई एक अपार्टमेन्टमा बदलिएको छ । यो भनवको पर्खाल निकै बलियो र मोटो छ । यो भवनमा ८ अपार्टमेन्ट र एक पेन्टहाउस बनाईएको छ । ७० बर्षसम्म यो बंकर बन्द थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *