ओली थाइल्याण्ड प्रस्थान, कानुनी विषयमा अप्ठ्यारो परे डा. केसीलाई सोध्नू

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६पुस ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि बुधबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।
बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नयाँ सरकार गठनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाए ।

सोहीक्रममा निर्वाचन आयोग र डा. गोविन्द केसीप्रति व्यंग्य गरेका ओलीले निर्वाचन आयोग ब्लाकमेलिङको शिकार भएको सुनिएको बताए । आयोग ब्लामेलिङको विषयमा भने उनले भने, ‘कति साँचो हो उहाँहरुले जान्नुहोला ।’

आयोग ब्लाकमेलिङको शिकार भएको हो भने कानुनी कुरामा अप्ठ्यारो लागे गोविन्द केसीलाई सोध्नु भएर आयोग र केसीप्रति व्यंग्य गरेकाले भने, यदि कानुनी कुरामा अप्ठ्यारो लाग्यो भने, गोविन्द केसीजीसँग सोध्नु भए पनि हुन्छ । गोविन्द केसीजीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ ।’

गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक नगरेको भन्दै आयोगप्रति आक्रोशित भएका ओलीले नयाँ सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएपनि ३३ प्रतिशत महिलाको विषयका नाममा राष्ट्रियसभासँग जोडेर अवरोध गरेका बताए ।

निर्वाचनबाट प्राप्त जनताको अभिमतको अवमूल्यन गरेर लोकतन्त्रअघि बढ्न नसक्ने बताउँदै उनले वर्तमान सरकारले सत्ता हस्तान्तरणसँग सम्बन्धित प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी तोक्नेजस्ता काम मात्र गर्न सक्ने उल्लेख गरे ।

माओवादीसँगको एकता एकता भाँड्न गरिएका सबै षड्यन्त्र असफल हुने चेतावनी दिएका ओलीले विदेशबाट फर्केपछि तीव्रताका साथ एकता प्रक्रिया अघि बढ्ने जानकारी दिए । अध्यक्ष ओली बैंककस्थित बुङ्रुगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराई आउँदो माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *